मोरङको जहदाकाे दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

 मोरङको जहदाकाे दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

विराटनगर, १० पुस । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।सो ठांउमा पारीपट्टि भारत अररियाको आमगाछि मुसहरी बस्ती र नेपालतर्फ जहदा गांउपालिका १ को कालाबञ्जर बस्ती छ । विहार राज्यका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको भारतीयक्षेत्र आमगाछि मुसहरी बस्तीका उमेश सदाले बताए ।

दशगजामा रहेको १७४ नम्बरको पिलरभन्दा ५ सय मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरिएको छ । एकसता अघिबाट सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाँउपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवको पहलमा सडक निर्माण तत्कालकालागि रोकिएको छ ।सडक निर्माण भइरहेको जानकारी पाएपछि शनिबार सो ठांउपुगेका यादवले तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएका थिए ।दशगजामा सडक निर्मााण गर्नै नमिल्ने अबस्थामा पनि भारतीय पक्षले जबर्जस्ति सो सडक निर्माण शुरु गरेको देखिएको छ । सो ठांउमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि जलमग्न हुने स्थानियले जानकारी दिएका छन । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्