विराटनगरमा जारी विराट एक्स्पाेमा उपभोक्ताको भिड बढ्दाे

<span class='c1'>विराटनगरमा जारी विराट एक्स्पाेमा</span> <span class='c2'>उपभोक्ताको भिड बढ्दाे</span>

विराटनगर, १० पुस ।
विराटनगरमा जारी एक्सपोमा आप उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलाशिताका सामाग्रीहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताको संख्या बढदै गएको आयोजक मोरङ ब्यापार संघले जनाएको छ ।
मेलामा सरसामान विक्री गर्नेभन्दा पनि आफ्ना उत्पादनसंग उपभोक्तालाई परिचित गराउन पाउने मौकालाई पनि उद्योगि ब्यवसायीले अवसरकोरुपमा लिएका छन । नेपालमैं पहिलोपटक मोरङको बुढीगंगा गांउपालिकामा काठको विकल्पकोरुपमा पिभिसी र सिपीभिसी बोर्ड र झ्याल ढोकाको उत्पादन शुरु गरेका महेशकुमार वाहेतीले उद्योगका उत्पादन र उपभोक्ताकाबीच मेलाले पुलको काम गरेको बताए ।
एक्सपो संयोजक अनुपम राठीले मेलामा उपभोक्ताको चाप बढेसंगै विक्रीले समेत गति लिएको बताए । उनले हालसम्म ७ करोड बढीको विक्री भइसकेको जानकारी दिँदै आउँदो ५ दिनमा विक्रीले थप गतिलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्