सुनसरीमा मोटरसाईकल र स्कुटर ठोक्किँदा १ को मृत्यु 

सुनसरीमा मोटरसाईकल र स्कुटर ठोक्किँदा १ को मृत्यु 

सुनसरी, १० पुस। सुनसरीको कोशी गाउँपालिका-८ तिनकुने चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।  पश्चिम बाट पूर्व तर्फ आईरहेको को ११ प ९८६६ नम्बरको स्कुटर र पूर्व बाट पश्चिम तर्फ गईरहेको  को ३६ प ६८०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा स्कुटर चालक बराह नगरपालिका- ५ कालाबंञ्जरा बस्ने बर्ष-४० को रामदेब ठाकुर गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि तत्काल ईनरुवा अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का मोटरसाईकल चालक , मोटरसाईकल र स्कुटर सिमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेका छन् भने शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्