सामाजिक विकास मन्त्री मन्त्रालयमै बस्न सक्लान् त ? बजेट कार्यान्वयन भन्दै कतै नजाने घोषणा

सामाजिक विकास मन्त्री मन्त्रालयमै बस्न सक्लान् त ? बजेट कार्यान्वयन भन्दै कतै नजाने घोषणा

विराटनगर, १० पुस ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो ५ महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो ५ महिनामा भएको प्रगतीको बिषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिनाको अबधिमा ९८ करोड २२ लाख एक हजार रकम निकाशा गरिसकेको जनाएको हो ।
त्यसमा सामाजिक विकास मन्त्रालयले २ करोड ६५ लाख ४४ हजार मन्त्रालयको तलव भत्ता तथा कार्यालय संचालनमा खर्च गरिसकेको छ ।सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत अनुज प्याकुरेलले मन्त्रालयबाट निकाशा भएको रकममा अधिकांश कार्यालयले बजेट खर्चलाई तिब्रता दिएको बताए । उनले ४ महिनाको अबधिमा कानुनी जटिलताका कारण बजेट खर्च गर्नको लागि समस्या देखिएको भएपनि पछिल्लो समय खर्च अनुपात बढेको जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयबाट पछिल्लो समय निकाशा भएको बजेट आनुसार, प्रदेश संग्राहलयको लागि ४२ लाख, स्वास्थ्य निर्देशनालयमा एक करोड ६७ लाख ३५ हजार, कोशी अञ्चल अस्पतालको लागि १२ करोड १२ लाख ८८ हजार, मेची अञ्चल अस्पतालको लागि ४ करोड २८ लाख ८८ हजार रुपैयाँ निकाशा भईसकेको छ ।
त्यस्तै शिक्षा तालिम केन्द्रको लागि ४ करोड ८५ लाख, शिक्षा विकास निर्देशनालयमा ३१ करोड ७५ लाख ४२ हजार, कार्यक्रम खर्चबाट अस्पतालहरुलाई ४० करोड १८ लाख २५ हजार, रोजगार सुचना केन्द्रमा १९ लाख ८३ हजार र सीप विकास तालिम केन्द्रमा २ करोड ७१ लाख ९८ हजार रुपैयाँ पठाईसकिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
मन्त्री सरकारी बाहेकका कार्यक्रममा नजाने
सामाजिक विकास मन्त्रालयमा बजेट कार्यान्वयनमा समस्या भएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफु एक महिना कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन् । बजेट कार्यान्वयनमा समस्या भएको भन्दै उनले एक महिनाको अबधि पुस १० देखि माघ १० गतेसम्म मन्त्रालय बाहिरका सरकारी बाहेक कुनैपनि कार्यक्रममा नजाने घोषणा गरेका हुन् । ‘सरकारी कार्यक्रमहरुमा मन्त्रीको हैसियतले जानै पर्ने हुन्छ, मन्त्री घिमिरेले भने, तर अहिले मन्त्रालयको बजेट कार्यान्वयनको लागि पनि मन्त्रालय छाड्नै नहुने अबस्था रहेकाले बाहिरका कुनैपनि कार्यक्रममा मैले एक महिना नजाने घोषणा गरेको छु ।’
सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना भईरहँदा मन्त्रीको यस्तो घोषणा आएको हो । नीतिगत रुपमा बजेट कार्यान्वयनको लागि कुनै समस्या नभएकोले अबको केही महिना भित्रै बजेट कार्यान्वयनले गति दिने मन्त्री घिमिरेको दाबी छ । पत्रकारसम्मेलन कै क्रममा सामाजिक विकास मन्त्री घिमिरेले अबको ५ बर्ष भित्रमा प्रदेशका सामुदायिक बिद्यालयमा ई एजुकेशनको सोचमा मन्त्रालय रहेकोले ५ बर्षमा शिक्षा क्षेत्रले ठुलो फड्को मार्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्