विराट एक्स्पोमा दर्शकको भिड, राष्ट्रिय कलाकारले दिए दमदार प्रस्तुती

विराट एक्स्पोमा दर्शकको भिड, राष्ट्रिय कलाकारले दिए दमदार प्रस्तुती

विराटनगर, ११ पुस ।
मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टाढाबाट दर्शक आएका थिए । मेलामा चर्चित कलाकारको आगमनसँगै दर्शकको भिड लागेको आयोजक मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए । इन्दिरा जोशीले आफ्नो चर्चित आधा दर्जन गीत गाएर मनोरञ्जन दिएकी थिईन् । निलम ढुङ्गानाले तीनवटा गीतमा नृत्य गरेकी थिइन । त्यस्तै र्यापर गिरीस खतिवडाको र्यापमा भदर्शक झुमेका थिए । मेलामा दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुती दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्