मण्डपमै बेहुली कुटिएको घटना: बिराटनगरमा उपचार हुदै,बेहुली र पेटको बच्चाको स्वास्थ्य सामान्य

<span class='c1'>मण्डपमै बेहुली कुटिएको घटना: बिराटनगरमा उपचार</span> <span class='c2'>हुदै,बेहुली र पेटको बच्चाको स्वास्थ्य सामान्य</span>

विराटनगर पुष ११ ।

विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेको उपचार बिराटनगरको न्युरो अस्पतालमा चलिरहेको छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उनको र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ ।

आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनका बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् । ‘उनीहरुलाई म चिन्छु, आधा घण्टा पैदल परको गाउँका हुन्, तर मैले कसैसँग प्रेम गरेकी छैन ।’ उनले भनिन् ।

दाइहरुले सम्झाइबुझाइ पठाए पनि उनीहरु पुनः आएर झगडा गर्न थालेपछि बेहुली प्रतीक्षा नै बाहिर निस्किएर सम्झाउने प्रयास गरेकी थिइन् । त्यसैक्रममा उनीमाथि नै चिर्पट प्रहार भयो । - कान्तिपुर दैनिक।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्