लेडी पाकेटमारको बिगबिगी : बसमा यात्रुहरुकाे पकेट मार्ने दुई युवती पक्राउ

<span class='c1'>लेडी पाकेटमारको बिगबिगी : बसमा यात्रुहरुकाे</span> <span class='c2'>पकेट मार्ने दुई युवती पक्राउ</span>

चितवन पुष ११ । सार्वजनिक बसमा यात्रुहरुकाे पकेट मार्दै गरेको अवस्थामा दुई युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले बीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बसकाे यात्रुकाे पाकेट मार्दामार्दै उनीहरूलाई  पक्राउ गरेके हाे ।

पक्राउ पर्नेमा भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव रहेका छन् ।

प्रहरीले बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकमा खटिएकाे प्रहरीले पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो ।

अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् । उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको समेत  उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्