६ लेन सडकले गति लिएला त ? काम छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

<span class='c1'>६ लेन सडकले गति लिएला त ?</span> <span class='c2'>काम छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन</span>

विराटनगर, ११ पुस ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रानी–विराटनगर–ईटहरी–धरान निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राईले ६ लेन सडक लगायत विराटनगर महानगरपालिका मुख्य तथा भित्री सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन् । सडक निर्माणमा देखा परेका समस्याको पहिचान र निराकरणकालागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री राईले जानकारी दिए ।
विराटनगर हाल प्रदेशको अस्थायी राजधानी रहेको र यस क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुनको आगमन चाप दिनप्रतिदिन वृद्धि हँुदै गइरहेकोले यस शहरको शुन्दरता कायम राख्न तथा सवारी साधानको चाप कम गर्न भित्री सडकको निर्माण सम्पन्न गर्नु पर्नेमा उनले जोड दिए ।
भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका मुख्यमन्त्री राईले आगामी हप्ता हुने राष्ट्रपतिको विराटनगर भ्रमण, प्रदेश मन्त्रालयको दैनिक हुने कार्यक्रम, फागुन महिनामा हुने साफ महिला फूटवलमा पाहुनाहरुको आगामन वृद्धि हुने भएकाले सडक निर्माणमा रहेका वाधा अवरोध हटाइ समयमै निर्माण गर्नुपर्ने निर्देशन दिए ।
मुख्यमन्त्री राईले सडक, विद्युत, टेलिकम, खानेपानी लगायतका कार्यालयवीच आवश्यक समन्वय गरी सडक निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिए । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सम्बन्धित कार्यालयका सचिव, विराटनगर, दुहबी र इटहरी स्थानीय तहका प्रमुख, सडक आयोजनाका प्रमुख, सडक, विद्युत, टेलिकमका प्रमुख, सडक आयोजना जिम्मा लिएका ठेकेदार कम्पनी लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्