उपसचिव सञ्जेलको आरोपमा कारखाना निरिक्षकले किन गरे प्रतिवाद ?

<span class='c1'>उपसचिव सञ्जेलको आरोपमा कारखाना निरिक्षकले</span> <span class='c2'>किन गरे प्रतिवाद ?</span>

विराटनगर, ११ पुस ।
श्रम कार्यालयबाट सरुवा भएका उपसचिव प्रेम प्रसाद सञ्जेलले पत्रकार सम्मेलन गरेको २ दिन बित्न नपाउँदै सोही कार्यालयका ४ बर्षसम्म निमित प्रमुख कारखाना निरिक्षक चलाएका मणीनाथ गोपले फेरी पत्रकार सम्मेलनको आरोजना गरी आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोपले आफुलाई सञ्जेलले लगाएको आरोप निराधार रहेको बताएका हुन् ।

श्रम कार्यालयको प्रमुख हुनको लागि १० वटा कानुन जान्नु पर्ने भन्दै उनले त्यो कानुन आफुले मात्र जानेको दाबी गरे । उनले सञ्जेललाई आरोप लगाउँदै नियमकानुन एकातिर काम अर्कै तिर गरेको भन्दै सेन्टीमेन्टमा काम गरेको उनको आरोप छ । उनले आफुमाथिको आरोप एथार्थ नबुझी गाडी र साईकलको कुरा झिकेर संजेलले आफ्नो मानहानी गरेको बताएका छन् । सञ्जेल आएपछि ठगीको आरोपमा ब्यक्तिहरु पक्राउ पर्ने क्रम बढेपछि उनले त्यो बिषय पनि गलत भएको बताएका छन् । दर्जनौ ठगि केशमा जवरजस्ती प्रहरीमा मुद्दा दर्ता भएको भन्दै उनीहरुले मानहानीको उजुरी हाल्न सक्ने भन्दै संजेलले गरेको सो काम समेत गलत भएको टिप्पणी गरे ।
आफ्नो बारेमा बचाउ गर्दै पत्रकार सम्मेलन गरेका श्रम कार्यालय विराटनगरका कारखाना निरिक्षक गोपले आफु अहिले बसेको कार्यालयमा एक सेकेण्ड पनि बस्ने मन नभएको उनको भनाई छ । गोप यस अघि बिगत ४ बर्ष देखि यही कार्यालयमा निमित कार्यालय प्रमुखको रुपमा रहँदै आएकोमा संजेल आएपछि उनीहरु बिचमा आन्तरिक टकराव भएको पाईएको छ ।
पत्रकार सम्मेलनमा ८० हजार निजामती कर्मचारीलाई घुस्याहा र चोर ठानेको भन्दै आक्रोशित भएका कारखाना निरिक्षक गोपले मन्त्री र सचिवको बचाउ गरेका छन् । आफुमाथि लागेको आरोप छानविन गरियोस् भनी आफैले पत्र लेखेको बताउँदै उनले निश्पक्ष छानविनको समेत माग गरेका छन् ।
उनले संजेलमाथि लगाएको यस्ता आरोप
प्रेस प्रुाद संजेल हाजिर भएपछि आफुले माथिल्लो निकायमा सरुवाको लागि माग गरेको र जिम्मेवारी हस्तान्तरणको बिषयमा मन्त्रलयमा भनिएको, पारिवारिक तथा पैत्रिक सम्पतीको बिषयमा नबुझी साईकल र गाडीको कुरा झिकेर मानहानी गरेको, कर्मचारी तथा सेवाग्राहीसँग नियमित अश्लील अपशब्द प्रयोग गर्ने गरेको, करार कर्मचारीको जागिर खाईदिन्छु भन्दै पटक पटक त्रास दिएको, संजेलको ब्यवहारका कारण २ जना कर्मचारीले राजिनामा दिएको तथा एकजना शाखा अधिकृत राजिनामा दिने मनशायमा रहेको, देशभरका कर्मचारीलाई घुस्याहा भनी आफु मात्र ईमान्दार भएको अभिब्यक्तिले दम्भको ब्यवहार देखाएको, सामन्त जस्तो व्यवहार शैली निरन्तर प्रस्तुत गर्दै कानुनी अधिकारको सिमा पार पर्दै अधिकार नै नभएको वैदेशिक रोजगार ठगी सम्बन्धि मुद्दाहरुमा समेत पक्राउ पुर्जी जारी गर्ने जस्ता क्रियाकलाप गरेको गोपले लगाएको आरोपमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्