शिक्षकले पिट्दा १३ वर्षीय विद्यार्थीको मृत्यु, शिक्षक फरार

<span class='c1'>शिक्षकले पिट्दा १३ वर्षीय</span> <span class='c2'>विद्यार्थीको मृत्यु, शिक्षक फरार</span>

बारा,१२ पुस ।  बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ। पिट्ने शिक्षक फरार छन्। कलैया उपमहानगरपालिका १ स्थित नमूना निमाविमा अध्यनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।  शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेश्रो घन्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन्।

विद्यायबाट उनको घर ३ किमी टाढा छ। घर पुगेको केही घन्टामै जिल्ला अस्पताल कलैया पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवन झाले बताए। प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन्। अजयको मृत्युपछि शिक्षक सोनालाल विरुद्ध प्रहरीमा उजुरी दिएको अजयका काका जितेन्द्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्