विराट एक्स्पो मेलामा झगडा गर्ने ४ जना पक्राउ

विराट एक्स्पो मेलामा झगडा गर्ने ४ जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा झै झगडा गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ व्यापार संघले आयोजना गरेको विराटनगरमा जारी विराट टे«ड एक्पोमा रातको समयमा झगडा गर्ने ४ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मंगलबार राती ८ बजेको समयमा मेला हेर्न गएका विराटनगर ५ बस्ने बर्ष २० को दिक्षान्त खड्का, विराटनगर ११ बस्ने बर्ष १९ को यामकर्ण कटुवाल, कटहरी १ बस्ने बर्ष २० को दिपेश साह र कटहरी २ बस्ने बिशाल बाल्मिकीलाई प्रहरीले पक्राउ गरेको जनाएको हो । एक आपसमा झगडा गर्दै कुटपिट तथा झै–झगडा गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ पेरका ४ जनालाई मुलुकी अपराध (संहिता) २०७४ अन्तर्गत म्याद थप भई थप अनुसन्धान भई रहेको प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्