विराटनगरमा तिन महिनामा सात सिलिण्डर विष्फोट, ग्यास कम्पनीकाे लापरवाही

विराटनगरमा तिन महिनामा सात सिलिण्डर विष्फोट, ग्यास कम्पनीकाे लापरवाही

विराटनगर, १२ पुस । गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएको संघको भनाइ छ।   जिल्ला प्रसाशन कार्यालय मोरङमा संघले ग्यास विष्फोट लगायत दुर्घटना कम गराउने उपाय अवलम्बन गर्न माग गरेकाे हाे । उनीहरुले ग्यास उत्पादक कम्पनीहरुले बजारमा म्याद गुज्रिएका, थोत्रो, सिलिण्डर प्रयोगमा ल्याइरहेको विषयमा प्रसाशन कार्यालयलाई जानकारी गराएका छन्। सोही कारण ग्यास विष्फोटका घटना बढ्दै गएको ग्यास विक्रेता संघ मोरङका अध्यक्ष विकास लालवानीले बताए।

ग्यास विक्रेता संघ प्रदेश नम्बर एकका महासचिव सूर्यमान बज्राचार्यले ग्यास कम्पनीहरुलाई पटक पटक सिलिण्डरका बारेमा जानकारी गराउँदा समेत ग्यास कम्पनीहरुले चासो नदिएको बताए। ग्याँस विक्रेता संघले लापरवाही गर्ने उद्योगलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र घटनामा पीडित भएकाहरुलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने माग पनि गरेको छ। ज्ञापनपत्र बुझ्ने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गुणस्तरहीन र थोत्रा सिलिण्डरहरु बजारमा पठाउने प्रवृति अन्त्य गर्न प्रशासनले ठोस कदम चाल्ने बताए।

गत सोमबार उर्लाबारी ७ मा कामाख्या ग्यास विष्फोट हुँदा स्थानीय रेणुका थापाको मृत्यु भएको थियो। सोही कारण घरमा आगलागी समेत भएको संघको भनाइ छ। हाल सुनसरी मोरङ औद्योगिक क्षेत्रमा कोशी ग्यास, प्रिमा ग्यास, रिजाल ग्यास लगायतका कम्पनी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्