माेरङमा एकैदिन १७ जना फरार ब्यक्ति पक्राउ

माेरङमा एकैदिन १७ जना फरार ब्यक्ति पक्राउ

विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  नकावजनी चोरी मुद्धाका ३ जना, केही सार्वजानिक अपराध मुद्धाका ८ जना, जारी मुद्धाका २ जना, सवारी ज्यान मुद्धाका २ जना र गाली बेईज्जत मुद्धाका फरार प्रतिवादी २ जनालाइ गरी कुल १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्