प्रदेश १ सरकारले विपद व्यवस्थापनका कार्य प्रभावकारी बनाउने, नियमावली बन्दै

प्रदेश १ सरकारले विपद व्यवस्थापनका कार्य प्रभावकारी बनाउने, नियमावली बन्दै

विराटनगर, १२ पुस
चिसोका कारण मधेश तथा भित्री मधेशमा सित लहरका कारण सर्बसाधारणको ज्यान जाने क्रम पुरानो हैन । हरेक बर्ष सितलहरका कारण धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । त्यस्तै हरेक बर्षायाममा आउने बाढी अनी तराईको मुख्य समस्या डुवानलाई मध्यनजर गर्दै प्रदेश सरकारले पुर्ब तयारी शुरु गरेको छ । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना बनाईने बताएका छन् ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आयोजित कार्यक्रममा उनले विपद व्यवस्थापनमा बिगतका सरकारले ठोस ढंगले पूर्व तयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको बताउँदै अब प्रदेश सरकारले पुर्ब तयारी शुरु गरिसकेको बताएका हुन् । ‘प्रदेश सरकारको नीति, संरचना र योजना विपद जोखिम न्यूनीकरणमैत्री रहेको छ, मुख्यमन्त्री राईले भने, ‘विकास र समृद्धिको कुरा गर्दा विपद जोखिमलाई पनि न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता छ ।’
मुख्मन्त्री राईले विपद जोखिमलाई लत्याएर विकास र समृद्धिको काम व्यर्थ हुने भन्दै प्रदेश नं.१ मा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको र अव नियमावली तथा निर्देशिका बन्ने तयारीमा रहेको जानकारी दिए । विपद जोखिम न्यूनीकरण अभियानलाई सफल पार्न सबै नागरिकलाई साथमा लिएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै राईले विपदको पुर्ब तयारी नै क्षती न्युनिकरणको आधार भएको तर्क गरे । अबको केही दिनमै नियमावली आउने बितिकै कामले गती दिनेमा स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्