बहुविवाह गर्ने जोडी प्रहरीको फन्दामा

<span class='c1'>बहुविवाह गर्ने </span> <span class='c2'>जोडी प्रहरीको फन्दामा</span>

अछाम, १२ पुस। अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।  प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही मङ्सिर ८ गते आफू घरमा हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जाहेरी परेकै दिन १० गते पक्राउ परेका दुवै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । कानूनअनुसार कसैले बहुविवाह गरेमा विवाह बदर हुने र जेल सजायसमेत हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्