कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम झुम्कामा शुरु

कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम झुम्कामा शुरु

विराटनगर, १२ पुस ।
सुनसरीमा कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम शुरु भएको छ । पावरटिलर र यसमा जोडिने कृषि औजारहरुको प्रयोग र मर्मत सम्भार सम्वन्धि चार दिने तालिम शुरु भएकाे हाे । आजदेखि शुरु भएको तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका पावरटिलर चलाउने किसानहरु सहभागी भएको कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।
कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्काको आयोजना तथा ईटहरीमा रहेको कुबेर एण्ड सन्स ट्रेडलिङ्कको सह प्रायोजनमा पछिल्लो समय कृषि उपकरणमा देखिएका समस्या समाधानको बिषयमा तालिमको आयोजना गरिएको हो ।
यो तालिमले कृषकहरुले भोगिरहेका कृषि उपकरण संचालनको कठिनाईहरु केहि हदसम्म भएपनि समाधान हुनेमा कृषि ब्यावसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले आशा लिएको प्रमुख उप्रेतीले बताए । तालिममा ४५ जना किसानकाे सहभागीता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्