लाइटर खेलाउँदा गाेठसँगै जलेर बालकको ज्यान गयो

लाइटर खेलाउँदा गाेठसँगै जलेर बालकको ज्यान गयो

उदयपुर, १२ पुस ।  उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे कोल्बोटेमा आगलागीमा परी एक बालकको ज्यान गएको छ । बिहीबार बिहानखेतमा रहेको परालको गोठमा आगलागी हुँदा स्थानीय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख तथा डीएसपी ध्रुव कुमार श्रेष्ठले बताए । खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाइटर खेलाउँदा आगो लागेको डीएसपी श्रेष्ठले जानकारी दिए । आगलागी भएपछि बच्न गोठभित्र रहेको कम्बलमा पसेका बालकको आगोले जलेर मृत्यु भएको प्रमुख श्रेष्ठकाे भनाइ छ। शवलाई कटारी अस्पतालमा पोस्टमार्टमको लागि लगिएको वडा नम्बर-८ का वडाध्यक्ष कमल श्रेष्ठ जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्