माेरङका ६ छाेटी भन्सार कार्यालय अझै सञ्चालयमा हुन सकेन, तस्करी बढ्दै

माेरङका ६ छाेटी भन्सार कार्यालय अझै सञ्चालयमा हुन सकेन, तस्करी बढ्दै

विराटनगर, १३ पुस । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरू अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा तस्करी बढ्दै गएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा विस्थापित भई बन्द रहेका जिल्लाका विभिन्न ६ ओटा छोटी भन्सार कार्यालयहरू सञ्चालन हुन सकेका छैनन् ।

ती नाका हुँदै तस्करहरूले सीमावर्ती भारतीय बजारबाट खुलेआम तस्करी गर्ने गरेको पाइएको छ । यसैको उदाहरणका रूपमा लिन सकिन्छ मोरङको तारेगमा स्थित मझारे छोटी भन्सार कार्यालयलाई । द्वन्द्वकालमा नेकपा माओवादीले सो भन्सार कार्यालयमा बम विस्फोट गराएपछि अहिलेसम्म बन्द छ । सो कार्यालय अहिले जीर्ण बनेको मात्र छैन, लाखौं मूल्य बराबरका सामग्रीहरू समेत नष्ट भएका छन् ।

अहिले सो कार्यालय जीवजन्तुको बासस्थान र स्थानीयको सामान राख्ने स्थल बनेको छ । चालू रहँदा उक्त कार्यालयबाट दैनिक राजस्व संकलनका साथै नाकाबाट हुने गरेको चोरी पैठारी र तस्करी समेत ठप्प थियो । छोटी भन्सार कार्यालय पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन नसक्दा भारतीय बजारबाट नेपालतर्फ अवैध रूपमा मलखाद, खाद्यान्न, लत्ताकपडा, मेशिनरी सामान लगायतका विभिन्न वस्तुहरू भित्रिने गरेको स्थानीय युवराज साहले जानकारी बताए ।

द्वन्द्वकालमै विस्थापित विभिन्न ९ छोटी भन्सार कार्यालयमध्ये अहिले मायागञ्ज छोटी भन्सार कार्यालय सोराभाग, रंगेली छोटी भन्सार र डायनियाँ छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् । अन्य छोटी भन्सार कार्यालयहरू भने बन्द छन् । जिल्लाका बुधनगर छोटी भन्सार, नोचा, बरडंगा, चौकीघाट, डोरीयालगायतका छोटी भन्सार कार्यालयहरू पनि बन्द छन् । अभियान दैनिक दैनिकमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्