विराटनगरको राष्ट्रसेवक सहकारीले गर्यो ३३ करोडको कारोवार, झमक घिमिरेलाई सम्मान गर्ने

<span class='c1'>विराटनगरको राष्ट्रसेवक सहकारीले गर्यो ३३ करोडको</span> <span class='c2'>कारोवार, झमक घिमिरेलाई सम्मान गर्ने</span>

विराटनगर, १३ पुस ।
विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैयाँको कारोवार गरेको जानकारी दिए । आर्थिक बर्ष २०७५÷०७६को लागि भने ५२ करोड २८ लाखको कारोवार गर्ने लक्ष्य लिईएको बताए । संस्थाको चुक्ता शेयर ४ करोड ७ लाख ७२ हजार ९ सय , सम्पतिको दायित्व २४ करोड ९९ लाख १६ हजार ४ सय ५९ रुपैयाँ बरावरको रहेको काफ्लेले बताए ।
संस्थाको हालसम्मको आम्दानी २ करोड ६२ लाख २८ हजार ३ सय ४३ रुपैयाँ तथा कुल खर्च समेत सार्बजनिक गर्दै २ करोड ३० लाख ५५ हजार ८ सय ४२ रुपैयाँ खर्च गरेको जानकारी दिईएको थियो । संस्थाले प्राप्त गरेको आम्दानीबाट १८ लाख ८५ हजार ४ सय १६ रुपैयाँ कर तिरेको जनाएको छ ।
बचत तथा ऋण र ग्यासँसको कारोवार गर्दै आएको सहकारीले विभिन्न सिप मुलक तालिम समेत संचालन गर्दै आएको छ । राष्ट्रसेवक कर्मचारी र तिनका परिवार सेयर सदस्य रहने गरी २०५५ सालमा स्थापना भएको सहकारीले १ जना बरावर ३० लाखसम्म ऋण लगानी प्रवाह गर्दै आएको छ ।
यस्तै शनिवार हुने बार्षिक साधारण सभालाई मध्यनजर गर्दै अहिलेसम्म गरेको कारोवारलाई सार्बजनिक गर्ने क्रममा सहकारीले साहित्यकार झमक घिमिरेलाई समेत पुरस्कृत गर्ने जानकारी दिईएको छ । शिक्षा र स्वास्थ्यमा भएको लागानीमा २ प्रतिशत छुट र परियोजना संचालनको लागि लिईएको ऋणमा पनि २ प्रतिशत ब्याजमा छुट दिने निती सहकारीले लिएको सोही अवसरमा जानकारी दिईएको थियो ।
नेपाल कर्मचारी संगठनका अध्यक्ष ओम सुवेदीले राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड उत्ताउलो प्रकृतीको सहकारी नभएको स्पष्ट गर्दै सबै सेयर सदस्यहरुलाई समान हिस्सा प्रदान गर्दै बार्षिक १५ प्रतिशत मुनाफा दिँदै आएको बताए । गत बर्ष १० प्रतिशत मुनाफा बाँडेकोमा यो बर्ष १५ प्रतिशत मुनाफा बाँडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्