ठगी गर्दै आएका ६ भारतीय नागरिक भाेजपुरवाट पक्राउ

<span class='c1'>ठगी गर्दै आएका ६</span> <span class='c2'>भारतीय नागरिक भाेजपुरवाट पक्राउ</span>

भोजपुर, १३ पुस । ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले शुक्रबार पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमा भारतको मोतीहारी घोडासहन–१४ का लवकुश शाह, जीतेन्द्र शाह, शरणकुमार शाह, रवीन्द्र शाह, रमेश कुमार र राकेश कुमार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्