आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’, विराटनगरमा करदाताको सहभागिता न्यून

<span class='c1'>आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’,</span> <span class='c2'>विराटनगरमा करदाताको सहभागिता न्यून</span>

विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ ।
विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगरी कारोबार गर्ने व्यवसायीलाई स्कीम दिएको थियो । स्कीमअनुसार आव २०७१/७२, २०७२/७३ र २०७३/७४ कोे आय विवरण पुस मसान्तसम्म बुझाएमा सोभन्दा पहिलेको विवरण बुझाउनु नपर्ने र कुनै पनि प्रकारका कर तिर्नु नपर्ने सुविधा थियो । तर यो स्कीममा मोरङमा ३० वटा व्यावसायिक फर्म मात्र आय विवरण बुझाउन आएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ ।त्यसैगरी दोस्रो स्कीम स्थायी लेखा नम्बर लिने तर विवरण नबुझाउनेप्रति लक्षित थियो । मोरङमा ४० हजार वटा स्थायी लेखा नम्बर जारी गरिएका छन् जसमध्ये ३० प्रतिशतले आय विवरण बुझाएका छैनन् ।

विभागले यस्ता नन फाइलरका लागि स्कीम दिँदै आव २०७१/७२ देखि ७३/७४ सम्म तीन आर्थिक वर्षको विवरण बुझाए त्यसभन्दा पहिलेको कुनै कर, जरिवाना र दस्तुर बुझाउनु नपर्ने सुविधा दिएको थियो ।तर यस्ता नन फाइलरहरू ३ सय २० को सङ्ख्यामा मात्र आएको तथ्याङ्क कार्यालयले दिएको छ ।त्यस्तै भ्याटमा दर्ता भएका ७ हजारमध्ये २० प्रतिशत ननफाइलर रहेको कार्यालयले जनाएको छ ।

भ्याटमा दर्ता भएका र ०७४ असार मसान्तसम्म आय विवरण पेश नगरेकालाई पनि ०७५ पुस मसान्तसम्म सुविधाको समय दिइएको छ ।यस्ता करदाताले तोकिएको अवधिमा ०७४ असार सम्मको कर र विवरण बुझाएमा त्यसमा लाग्ने जरिवाना र ब्याज छुट पाउने छन् । यता करदाता हालसम्म १ सय १० को सङ्ख्यामा आएका छन् ।
विभागले संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका संस्थालाई पनि आय विवरण बुझाउन स्किम दिएको छ । जसअनुसार यस्ता संस्थाले २०७४/७५ को आय विवरण र सोअनुसार लाग्ने कर २०७५ पुस मसान्तभित्र बुझाएमा सोभन्दा अगाडि लाग्ने कुनै कर र राजस्व तिर्नुनपर्ने सुविधा दिइएको छ ।यत्रो सुविधा दिँदा पनि मोरङमा ३३ वटा संस्थामात्र आय विवरण बुझाउन आएका छन्।

आन्तरिक राजस्व कार्यालयले घुम्ती सेवा सञ्चालन गरेर आय विवरण बुझाउन प्रचारप्रसार गरेको र जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत् पनि जानकारी गराएको कार्यालय प्रमुख दिलीप गौतमले बताए । भ्याट र स्थायी लेखा नम्बरमा दर्ता भएर पनि व्यवसाय छाडेका, विदेश वा अन्यत्र गएका र पेशा छाडेका व्यवसायी एवम् करदाताको सङ्ख्या ठूलो देखिएको प्रमुख गौतमको दाबी थियो ।
स्कीम अनुसारको समयमा नआएका करदाता पुस मसान्तपछि आय विवरण र कर बुझाउन आएमा पूरा कर र जरिवाना लाग्ने उनले उल्लेख गरे । अनन्तराज न्याैपाने/बिजमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्