सोलुखुम्बुको तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झर्‍याे

<span class='c1'>सोलुखुम्बुको तापक्रम माइनस १८</span> <span class='c2'>डिग्री सेल्सियसमा झर्‍याे</span>

सोलुखुम्बु, १३ पुस ।  सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ । चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको स्थानीयवासीले बताएका छन् । सोलुखुम्बु सदरमुकाम सल्लेरीको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियसमा झरेको मौसम अवलोकनकर्ता राधा बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको हो । सल्लेरी तथा आसपासका क्षेत्रमा शुक्रबार सामान्यदेखि हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा आधिकारीक मौसम मापन केन्द्र नभए पनि एभरेष्ट भ्यू होटलको तथ्यांक अनुसार शुक्रबारको त्यहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म पुगेको छ ।

जुन यस सिजनकै सबैभन्दा कम तापक्रम भएको बताइएको छ । त्यहाँका खोलाहरु समेत पुरै जमेको स्थानीय ल्हाक्पा शेर्पाले बताउनुभयो । चिसो अत्याधिक बढेकाले पर्यटकहरुको आगमन समेत ह्वात्तै घटेको पर्यटन व्यवसायी नाम्गेल शेर्पाले बताउनुभयो । चिसोका कारण माथिल्लो क्षेत्रका धेरै जसो होटलहरु समेत बन्द भएका छन् । खुम्बु क्षेत्रमा यो सिजनको पर्यटक सिजन झण्डै–झण्डै सकिएकाले अधिकांश होटल व्यवसायीहरु होटल बन्द गरेर काठमाडौंलगायत अन्य शहरहरुको भ्रमणमा जाने गरेको खुम्बु पासाङ ल्हमु गाउँकार्यपालिकाकी सदस्य उमा बराइलीले बताउनुभयो । उज्यालाे अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्