खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रप्रति सदस्य सचिव कडा रुपमा प्रस्तुत

<span class='c1'>खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रप्रति</span> <span class='c2'>सदस्य सचिव कडा रुपमा प्रस्तुत</span>

काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राखेपअन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा खेलाडी उपचार गराउन जाँदा डाक्टर नभेटिए आफूलाई जानकारी गराउन खेलाडीलाई अनुरोध गरेका छन् ।

दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी कक्षा तथा बृहत् स्वास्थ्य परीक्षणको उद्घाटनका अवसरमा सदस्य सचिव विष्टले सो कुरा बताएका हुन् । ‘खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा उपचार गराउन जाँदा तपाईं राष्ट्रिय टिममा रहेका खेलाडीले डाक्टर भेट्नुभएन भने मलाई म्यासेज गरिदिनुस् । सम्बन्धितलाई तुरुन्त कारबाही हुन्छ । यो वा त्यो बहानामा कसैलाई उम्कन दिन्नँ,’ सदस्य–सचिव विष्टले भने । उनले अब महिनाको कम्तीमा एक दिन राष्ट्रिय टिममा रहेका खेलाडीका लागि शिविर सञ्चालन गरिने पनि जानकारी गराए ।

हाल विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका ४३ खेलाडी र १६ प्रशिक्षकलाई लक्षित गरी कक्षा र शिविर सञ्चालन गरिएको हो । केन्द्रले १८ पुसमा सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, पदाधिकारी र खेल पत्रकारलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् । राजधानी दैनिकमा खबर छापिएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्