कुवेत भन्दै दिल्ली हिँडेका तीन महिलाको विराटनगरको जोगवनी नाकाबाट उद्दार

<span class='c1'>कुवेत भन्दै दिल्ली हिँडेका तीन</span> <span class='c2'>महिलाको विराटनगरको जोगवनी नाकाबाट उद्दार</span>

विराटनगर, १४ पुस।
दिउँसोको करिब ४ बजेको थियो । ३ जना महिला हार मिलाएर जोगवानी नाकाबाट भारत जाँदै थिए । भिडभाडका बिच को आयो गयो कसैलाई खासै मतलव पनि हुँदैन । तर धेरै संघ संस्थाले निगरानी गरि रहेकै हुन्छन् । त्यही भिडभाडका बिचमा ति महिलाहरुमा नेपाल प्रहरी र माईती नेपालका सिमा कर्मचारीको आँखा पुग्यो ।
उनीहरुले ति महिलाहरुलाई सोधिखोजी गर्न थाले । सोधी खोजी गर्दै जाँदा पनि उनीहरुले आफ्नो कुरा खोलेनन् । त्यसपछि माईती नेपालका कर्मचारीले ति महिलाको अबस्थाको बारेमा शंकास्पद कुरा भएको महसुस गरे । त्यहाँ भएका ३ जना मध्य एकजनाको परिवारलाई फोन गर्न लगाए । (स) नाम गरेकी ति महिलाका अभिभावकले कुवेत जानको लागि नेपालबाट नै जाने भनेर घरबाट हिँडेको भन्ने जवाफ दिएपछि उनीहरुले त्यहाँ भेटिएका तीनै जनालाई प्रहरीको सहयोगमा प्रहरी चौकी रानीमा राखेर थप सोधीखोजी हुन थाल्यो ।
प्रहरीले उनीहरु मध्येका तीनजनाकै परिवारलाई फोन गरेर बुझ्दै जाँदा २ जना यस अघि पनि भारतको दिल्लीमा गएर काम गर्दै आएका र (स) नाम गरेकी महिला कुवेत जाने भन्दै घरबाट हिँडेको प्रहरीलाई बताएपछि (स) नाम गरेकी महिलाले आफु दिल्ली हुँदै कुवेत जान लागेको प्रहरीमा बताएको माईती नेपालका विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिए । प्रहरीले सोधपुछ गरी उनीहरुलाई माईती नेपालको जिम्मा लगाएको छ । (द) र (प) नाम गरेका दुई महिला भने यस अघि पनि ५ बर्ष दिल्लीमा बसेको सोधपुछबाट फेला परेको पाईएको पोखरेलले जानकारी दिए ।
यसरी हुँदैछ उद्दार
एक बर्षको अबधिमा बिराटनगर नाकाबाट ११३ जना महिला बेचिनबाट जोगिएका छन् । माईती नेपालले सार्बजनिक गरेको तथ्यांक अनुार यसरी उद्दार गरिएका महिलामा १८ बर्ष माथिका ७८ जना र १८ बर्ष मुनिका ३५ जना रहेका छन् । जनवरीमा ५, फेब्रुअरीमा ६, मार्चमा ७, अप्रिलमा ८, मेई महिनामा १२, जुनमा ११, जुलाईमा ६ अगष्टमा १२ जनाको उद्दार भएको छ । त्यस्तै सेप्टेम्बर महिनामा १०, अक्टोवरमा ७ नेभेम्बरमा २० डिसेम्बरमा ९ जनाको उद्दार गरिएको संयोजक पोखरेलले बताए ।
त्यस्तै जिल्ला गत तथ्यांकलाई हेर्ने हो भने यसरी बेचबिखन हुनबाट जोगिनेहरुमा सबैभन्दा बढी मोरङकै रहेका छन् । मोरङ जिल्लाका ३८ जनाको उद्दार भएको छ । त्यस्तै सुनसरी र झापाका १२÷१२ जनाको उद्दार भएको छ । सप्तरीका ९ जना, उदयपुर, सिरहा र धनकुटाका ५–५ जना रहेका छन् । भोजपुर र संखुवासभाको ३–३ जनाको उद्दार भएको छ । सोलुखुम्बु, पाँचथरका २–२ जना र तेह्रथुम, ईलाम, ताप्लेजुङ, धादिङ, नुवाकोट, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौँ, मकवानपुर, नवलपरासी र कैलालीसम्मका महिनाको बिराटनगरको जोगवनी नाकाबाट उद्दार भएको माईती नेपालले जनाएको छ ।
दिल्लीका होटलमा छापा
बेलाबेलामा दिल्लीहुँदै विदेश जाने महिलाहरुको पनि हुँदै आएको छ । दिल्लीका बिभिन्न होटलहरुबाट छापा मार्ने क्रममा ७० जना भन्दा बढी महिलाको केही महिना भित्र उद्दार भईसकेको छ । केही दिन अघि मात्र भारतको दिल्लीबाट तेश्रो मुलुक जाँदै गरेका ४० जनालाई दिल्लीबाट उद्दार गरेको थियो । त्यस अघि ३० जनालाई दिल्लीबाट उद्दार गर्ने क्रममा ३ जना मोरङकै रहेका थिए । दोश्रो चरणमा उद्दार भएका ४० जनामा मोरङका कतिछन् खुलेको छैन ।
यस्तै मानव ओसार पसार तथा बेचबिखन सम्बन्धी एक बर्षमा माईती नेपालबाट २ वटा मुद्दा अदालतमा दर्ता गराएको छ । जसमा भारतमा घर भएका तथा नेपालको रंगेली ससुरालीमा बस्दै आएका मुजफ्फर मियाँको हकमा अदालतले १० बर्षको कैद र ५० हजार जरिवानाको फैसला सुनाईसकेको संयोजक पोखरेलले बताए । अर्को मुद्दा बिचाराधिन अबस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्