भाेजपुरमा भएकाे ट्रिपर दुर्घटनामा सह-चालकको मृत्यु

भाेजपुरमा भएकाे ट्रिपर दुर्घटनामा सह-चालकको मृत्यु

भोजपुर, १४ पुस। भोजपुरको भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा   ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ । भोजपुर-खोटाङ सडक खण्डमा भोजपुरवाट गुप्तेश्वर जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई साँझ  सडकबाट ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि सोही ट्रिपरका सह-चालक  भोजपुर नगरपालिका- ४ वस्ने वर्ष १५ को रविन खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्रिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्