विरामी बाेकेर अाएकाे एम्बुलेन्सलाई बसले ठक्कर दियाे, ५ घाइते

विरामी बाेकेर अाएकाे एम्बुलेन्सलाई  बसले ठक्कर दियाे, ५ घाइते

झापा,  १४ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धर्मपुर चोकमा  बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका-४ बस्ने वर्ष ३५ को लाला उराव,  अर्जुनधारा नगरपालिका-९ बस्ने बिरामी वर्ष ४६ को चन्द्र बहादुर बस्नेत, एम्बुलेन्समा सवार सोही ठाउँकी वर्ष ४० की जानुका कुवँर, वर्ष ३७ की चेतन कुमारी गौतम र वर्ष ३४ को ज्ञान बहादुर बस्नेत घाइते भएका हुन् । घाइते सवै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।  ठक्कर दिने बस, चालक र एम्बुलेन्सलाई प्रहरीको नियन्त्रणमा राखिएको   छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्