धुलोले विराटनगरको जमुनेश्वर मार्गका स्थानिय आक्रान्त, सडक मै गरे पत्रकार सम्मेलन (भिडियाे)

धुलोले विराटनगरको जमुनेश्वर मार्गका स्थानिय आक्रान्त, सडक मै गरे पत्रकार सम्मेलन (भिडियाे)

प्रेम देवान ।
विराटनगर, १४ पुस । विराटनगर ५ का मेघराज ओझा जव विहानको खाना बस्छन् तर भान्छामा आउने सडक भरीको धुलोले चिन्तित हुन्छ । हरेक दिन खाना पर्ने धुलोको कारण उनलाई निक्कै समस्या हुँदै आएकोछ । एक दिनको मात्र समस्या हैन । हरेक दिन हुने सस्ता समस्याले एक बर्ष बढीदेखि यस्तै समस्या झेल्दै आएको उनी सुनाउँछन् ।
ओझा जस्तै विराटनगर ४ की सिता पराजुलीको पनि उस्तै नै समस्या छ । विहानै उठेर घर सफा गर्यो क्षणभरमै आउने धुलोले उस्तै बनाईदिन्छ । घर भित्र सडकबाट आउने धुलोले घर हेर्नै नहुने हुन्छ । अहिले यो समस्या ओझा र पराजुलीलाई मात्र हैन जामुनेश्वर मार्ग ४ र ५ का करिब डेड सय घर परिवारको हो । यही सडकको धुलोका कारण कतिपय त अस्पताल भर्ना भईसकेको उनीहरु सुनाउँछन् । धुलोका कारण रुखाखोकी र दमको विरामीले कतिपय रोगी भईसकेका छन् भने कतिपयको दैनिकी नै अस्तब्यस्त भईसकेको छ । उनीहरुको यही समस्या सुनाउन शनिवार बिहानै स्थानीयले सडक मै पत्रकार सम्मेलन गरे । विराटनगर ४ र ५ का स्थानियवासीले शनिबार जामुनेश्वर मार्गमा भेला भई आफ्ना समस्या पत्रकरालाई सुनाएका हुन् ।
एडिवी प्रोजेक्ट अन्र्तगत महानगरपालिकाबाट कालिका कन्ट्रक्सनले उक्त मार्गको नाला तथा सडक बनाउने जिम्मा लिएको थियो । जिम्मा लिने कम्पनीले केही समय आफ्नो काम पनि गर्यो । सुरुमा नाला बनाउन तर्फ लाग्यो । सडकको उत्तर तर्फ १०÷१० बनायो भने सडक देखी दक्षिण तर्फ ८÷८को काम सुरु गर्यो । नाला बनाउने जिम्मा पाएको कम्पनीले पस्चिमबाट नाला बनाउने काम गर्दै आयो । नापी शाखा र सडक विभागले हाल भईरहेको सडक र नाला थप बढाउनु पर्ने भएकाले रातो चिनो हाल्दै गयो । यसकालागि कतिपय स्थानियवासी विराटनगरको विकास हुने भएपछि दङ्ग पनि भए तर त्यो सगै कतिपय विकासको विरोधी भएर खडा भए । सुरुका दिनहरुमा राम्रैसँग काम भएपनि पछिल्लो दिनमा काम हुन सकेन ।
काम विचैमा रोकियो
विराटनगर ४ र ५ मा रहेको जामुनेश्वर मार्गमा बन्दै गरेको नाला अचानक रोकिएको छ । यसको एउटै कारणा हो – स्थानिय केही व्यक्तिको घर भत्कने डरले काममा अवरोध नै खडा गरिदिए । सडक र नालाका लागि घर भत्कने भएपछि विराटनगर महानगरपालिका विरुद्ध अदालतमा निजी घर भत्काईयो भन्दै मुद्धा दायर समेत गरे ।
यसरी मुद्दा हाल्नेहरुमा कुसुमकुमारी श्रेष्ठ, श्यामकुमारी कार्की, उर्मिला चापागाई र हरी थापा लगायत छन् । उनीहरु आफ्नो निजी घर सम्पत्ती नोक्सान पुर्याएको भन्दै अदालतमा पुगेका थिए । अदालतले पनि तत्काललाई काम रोक्नुपर्ने भन्दै अदालतले आदेश दिएपछि हाल काम गएको फागुनदेखि रोकिएको छ ।
यसरी झण्डै एक बर्ष देखि रोकिएको काम अझै शुरु हुन नसक्नुको कारण बारे बिराटनगर महानगरपालिका चुईक्क समेत बोलेको छैन । यस विषयमा पटक – पटक महानगर र सम्बन्धी सरोकारवालाहरुसँग पनि छलफल गर्दा कुनै सुनवाई अहिलेसम्म नभएको स्थानीय बताएँछन् ।
लामो समयदेखि धुलोको सास्ती खेप्दै आएका स्थानियवासीले समस्या समाधान नभएको भन्दै शनिबार पत्रकार सम्मेलन गरी एक हप्ता भित्र काम शुरु गर्नुपर्ने माग राखेका छन् । उनीहरुले एक हप्ता भित्र काम शुरु नगरे सडक नै अबरोध गर्ने चेतावनी दिएका हुन् । एक हप्तासम्म पनि कुनै पहल नगरिए सडक नै अवरोध गरेर आन्दोलन गर्ने स्थानिय एपोलो भगतले बताए । पत्रकार सम्मेलनमा गाउँभरीका करिब २ सय जनाको उपस्चिती रहेको थियो ।

https://www.facebook.com/ourbrt/videos/608019022975931/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्