विराटनगरमा जारी बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

<span class='c1'>विराटनगरमा जारी बिराट एक्स्पो २२</span> <span class='c2'>करोड कारोवार गर्दै सकियो</span>

विराटनगर, १४ पुस ।
विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गरेको भनिएको मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्नको लागि मेला सफल भएको सारडाले बताए ।
मेला अबधिमा केही कमी कमजोरीहरु भएपनि आगामी दिनमा त्यसलाई सच्याएर लग्ने पाक्षमा आफुहरु रहेको बताएका सारडाले मेलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा प्रमख अतिथीको रुपमा पुगेका एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले विराटनगरमा भएका अन्तराष्ट्रिय स्तरको मेलाले प्रदेशलाई आर्थिक विकासमा टेवा पुर्याउने बताए । एउटा रमाईलोको रुपमा भन्दा पनि यस्ता गतिबिधिले स्थानीय उत्पादनलाई प्रत्साहन गर्नेमा जोड दिए । समापन समारोहमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्य, प्रदेश सभा सदस्य, राजनीति दका ब्यक्ति तथा कर्मचारी, उद्योगी ब्यवसायीको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्