प्रदेश १ सरकारका मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

<span class='c1'>प्रदेश १ सरकारका मुख्यमन्त्री</span> <span class='c2'>राईद्वारा तमु ल्होसारको शुभकामना</span>

विराटनगर, १५ पुस ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।
नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
नयाँ बर्षको रुपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउँदै मुख्यमन्त्री राईले यस्ता विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी रहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री राईले संकीर्णता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गरेका छन् । मृग वर्गका रुपमा सुरु भएको नयाँ बर्षले प्रदेशको विकास र समृद्धिको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्