झापामा खैरो हेरोईन सहित ४ जना पक्राउ परे

झापामा खैरो हेरोईन सहित ४ जना पक्राउ परे

झापा, पौष १५ गते ।

झापाको छुटाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक नगरपालिका-६ मा डेरा गरी बस्ने बर्ष ३६ को संग्राम लिम्बुलाई शनिवार दिउँसो सवा ३ बजे ३१ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो । प्रहरीले लागू औषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका लिम्बुलाई सोधपुछको क्रममा अर्जुनधारा नगरपालिका-१० मा डेरा गरी बस्ने बर्ष ४२ को भीम बहादुर अधिकारी निजको श्रीमती बर्ष ३८ की ओममाया खतिवडा अधिकारी र निजकै साली झापा कचनकवल गाउँपालिका-२ घर भई निजकै कोठामा बस्ने बर्ष ३६ की रेवतीमाया डाँगीले बिक्रिवितरण गर्ने गरेको खुल्न आए पश्चात उनीहरुलाई समेत २०२ ग्राम खैरो हेरोईन सहित कोठाबाट नै पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्