दोस्रो रामधुनी गोल्डकप फुटबले उपाधि डीसीटी फुटबल क्लब सुनसरीलाई

<span class='c1'>दोस्रो रामधुनी गोल्डकप फुटबले उपाधि</span> <span class='c2'>डीसीटी फुटबल क्लब सुनसरीलाई</span>

सुनसरी, १५ पुस ।
दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डीसीटी फुटबल क्लब सुनसरीले जितेको छ । फाइनल खेलमा आयोजक रामधुनी आर्दश क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै डीसीटीले उपाधि चुमेको हो ।
बिजयी टिमकालागि निशान लिम्बु र उमेश राईले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवाती अवस्थाबाटै डीसीटी आयोजक क्लब विरुद्ध हावी बनेको थियो । रामधुनी आर्दश क्लबका खेलाडीले पाएका केही सुन्दर अवसर भने गोलमा परिणत गर्न सकेनन् ।
प्रतियोगिताको बिजेता डीसीटी सुनसरीले शिल्ड सहित नगद १ लाख एक हजार पुरस्कार पाएको छ भने उपबिजेता टोली आयोजक रामधुनी आर्दश क्लबले ५१ हजार प्राप्त गरेको छ । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, आयोजक संस्थाका अध्यक्ष केशव खड्का र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बिजयी टिम सहित खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्