मोरङ र सुनसरी जिल्लामा हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु

मोरङ र सुनसरी जिल्लामा हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु

विराटनगर, पुस १५

मोरङ र सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताउनुुभयो ।

विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिनुभयो । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालुु आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि रु दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न रु १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुुनसरी जिल्ला जोड्ने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्