विराटनगरमा माघी महोत्सव हुने, थारु समुदायले परिकार सहित स्टल रहने

विराटनगरमा माघी महोत्सव हुने, थारु समुदायले परिकार सहित स्टल रहने

प्रेम देवान
विराटनगर १५ पुस । विराटनगरमा थारु समुदायले माघी पर्व भव्य रुपमा मनाउने भएका छन् । थारु कल्याण कारिणीसभा मोरङले विराटनगरमा पत्रकार आईतबार पत्रकार सम्मेलनकोे आयोजना गरी माघे संक्रान्तीमा जातीय परिकारको प्रचारप्रसार गर्ने तयारी जनाएको हो ।
माघी महोत्सव महोत्सव संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सव गर्न लागेको बताए । माघ ५ गते विराटनगर ४ कञ्चनबारीको नोबेल मोडमा आयोजना गर्ने महोत्सवमा घोँगीं, बगिया, सिध्रा, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछा लगायतका थारु परिकारको स्टल रहने छ ।
महोत्सवमा थारु जातीको भेषभूषा र रहनसहन झल्किने वृतचित्र प्रदर्शन गर्ने सभाका अध्यक्ष प्रदिप भगत थारुले बताए । महोत्सवमा थारु जातीको लोप हुनलागेको आगोमा ताप्ने चुल्हो, धान राख्ने भखारी, कोठी लगायत सामाग्री प्रदर्शनीमा राखिने छ । महोत्सवमा थारु सांस्कृतिक झल्कने झाँकी , पौराणिक नृत्य पनि प्रदर्शन हुने छ ।
थारु समुदायको भेषभुषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृतचित्र महोत्सवको आकर्षण हुने आयोजकको दाबी छ । थारु जातीको भेषभुषा, पहिरण, गरगहना, लवाई खवाई जस्ता मौलिक खाना हस्तकलाका सामाग्री प्रदर्शन एवम् विक्री वितरणले थारु पहिचान स्थापित गराउने उदेश्य आयोजकको छ । प्रदेश नं. १ का थारु जातीको सांस्कृतिक महत्व र आन्तरीक पर्यटनको महत्वलाई दृष्टिगत गरि वृहत रुपमा यसपटकको महोत्सव गर्न लागिएको बताइएको छ । सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढि थारु समूदायका अगुवाको मेलामा सहभागी हुने५न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्