नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगरको रानीमा लागू औषध सेवनको अबस्था डरलाग्दो

नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगरको रानीमा लागू औषध सेवनको अबस्था डरलाग्दो

विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती क्षेत्रमा लागुऔषध सेवनको अबस्था डरलाग्दो डरलाग्दो रहेको स्थानीयले बताएका छन् । डरलाग्दो अबस्थामा रहेको लागु औषध न्युनिकरणका लागि थप सर्तकता अपनाउन स्थानियवासीले मोरङ प्रहरीलाई सुझाव दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विराटनगर १६ दक्षिण गेटमा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानियवासीले सिमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो समस्या देखिएको बताएका हुन् । उनिहरुले खुल्ला सिमाना भएका कारण तस्करी र लागूऔषधको ओसार–पसार हुने गरेको बताउँदै प्रहरीले थप सतर्कता अपनाउनु पर्ने सार्वजनिक सुनवाई कार्यक्रममा सुझाव दिएका छन् ।
वडा नम्बर १६ रानीका स्थानिय मनोज खड्काले सिमावर्तीक्षेत्रमा लागू औषध सेवनको समस्या डरलाग्दो अवस्थामा रहेको बताए । उनले विराटनगरभन्दा पनि सुनसरी, मोरङ र झापाका विभिन्न क्षेत्रबाट आउने युवायुवतीहरुले लागुऔषध प्रयोग स्थलको रुपमा प्रयोग गर्ने गरेको बताए । उनले त्यस्तो समस्या समाधान गर्न बिशेष अभियान चलाउनुपर्ने बताए ।
महिलाहरुले मापसे बिरुद्ध मोरङ प्रहरीले चलाएको अभियान समर्थन समेत गरेका थिए । सो क्रममा मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले यसअघि मोरङ प्रहरीले चलाएको लागूऔषध विरुद्धको तीन महिने अभियानमा एक हजार ६ सय बढीलाई सचेतना दिइएको बताए ।
आगामी दिनमा पुन दोश्रो चरणको अभियान शुरु गरिने बताए । प्रहरी स्थानीयसँग मिलेर अघि बढ्न तयार रहेको उनको भनाई छ । कार्यक्रममा विराटनगरको वडानम्बर १६ का वडाध्यक्ष मनोज सुब्बा, स्थानीय सामुदायिक प्रहरीका किशोर सुब्बा सहित विभिन्न राजनितिक दल आबद्ध स्थानिय नेताहरु र सर्वसाधारण सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्