खोटाङमा युवती मृत अवस्थामा फेला

<span class='c1'>खोटाङमा  युवती मृत</span> <span class='c2'>अवस्थामा फेला</span>

खोटाङ, १५ पुस ।  खोटाङमा एउटी युवती मृत अवस्थामा फेला परेकी छन् । साकेला गाउँपालिका–४, मातिमकी १९ वर्षीय अस्मिता राई मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घाँस काट्नका जंगलमा गएकी राई अबेरसम्म नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राईको शवलाई आइतबार जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्