सामुदायिक बनले दियो महिलालाई अचार बनाउने तालिम

सामुदायिक बनले दियो महिलालाई अचार बनाउने तालिम

झापा, १६ पुस । झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना महिला उपभोक्ताहरुलाई तीन दिवसीय अचार बनाउने तालिम दिएके छ ।
समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका ९ र १० का ३६ वटा टोल विकास समितिबााट दुई जनाको दरले ७२ जना महिला उपभोक्तालाई अचार बनाउने तालिम दिइएको सामाजिक गतिविधि कार्यक्रम संयोजक तथा समूहका कोषाध्यक्ष अनुज खतिवडाले बताए ,
सहभागीहरुलाई झापाको अर्जुनधारास्थित शिव बाबा अचार तथा जुस उत्पादन उद्योगका सञ्चालक अचारविज्ञ दिनानाथ शिवाकोटी र गायत्र भट्राईले अचार बनाउने तालिम प्रदान गरेका थिए । शुक्रबारदेखि सुरु भएको अचार वनाउने तालिम आइतवार समापन भएको हो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले चन्द्रगढी वन उपभोक्ता समूहमा आबद्ध वेरोजगार उपभोक्ता गृहिणी महिलालाई पनि स्वरोजगार बनाउने उद्देश्यले सो तालिम प्रदान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्