मोरङ ब्यापार संघले विराट एक्स्पोको चिठ्ठा खोल्यो, विराटनगरकी कोमलले जितिन् बाईक

मोरङ ब्यापार संघले विराट एक्स्पोको चिठ्ठा खोल्यो, विराटनगरकी कोमलले जितिन् बाईक

विराटनगर, १६ पुस ।
मोरङ व्यापार संघद्धारा विराटनगरमा आयोजित विराट टे«ड एक्स्पोमा खुलाइएको चिठ्ठाको नतिजा सार्वजनिक गरिएको छ । एक्स्पोमा निःशुल्क होमोयोप्याथिक दातव्य औषधालयका लागि सहयोगार्थ ३ हजारले चिठ्ठाको टिकट लिएका थिए । नतिजा सार्वजनिकमा विराटनगरकी कोमल साहले १ लाख ६२ हजार ९ सय रुपैयाको सेन्चुरो महेन्द्राको बाइक जित्न सफल भएकी छिन् ।
भद्रपुरका निर्मल शाक्यले १ लाख २५ हजारको इलेक्ट्रिक स्कुटर जितेका छन् भने ५० हजारको एसी विराटनगरका सुनिल पोद्दारले जितेका छन् । चिठ्ठा परी २५ इन्चको एलइडी टिभी विराटनगरकै सहाना खातुनले प्राप्त गरिन् । विराटनगरकै जनार्दन शर्माले फ्रिज हात पार्न सफल भएको मोरङ व्यापार संघका कार्यकारीणी सदस्य संजय श्रेष्ठले जानकारी दिए । पुष ६ गतेदेखि सुरु भएको एक्स्पो २२ करोडको कारोवार गर्दे शनिवार सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्