विराटनगरमा आज राती नयाँ बर्षको अवसरमा कहाँ के के हुदैछ !

विराटनगरमा आज राती नयाँ बर्षको अवसरमा कहाँ के के हुदैछ !

प्रेम देवान

विराटनगर १६ पुस ।

आज राती १२ बजेपछि अंग्रेजी महिनाको नयाँ वर्ष सुरु हुदैछ । नयाँ बर्षको इभलाई विराटनगरबासीले भव्यरुपमा मनाउने गरेका छन् । यसैविच विराटनगरमा विभिन्न सांगीतिक कार्यक्रम साथै डिजे पार्टी जस्ता कार्यक्रममा हुदैछन् ।

यस्ता छन् बिराटनगरमा कार्यक्रम : 

मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तीको सयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्सर्ट हुदैछ  ।
आज बेलुका ४ बजेदेखी सुरु हुने म्युजिक डिजे नाईटमा जोगवनी, विराटचोक, ईटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स ग्रुपहरुले समेत प्रस्तुति दिनेछन् ।

बिग होटेलमा धर्मेन्द्र :

विराटनगर ९ मा रहेको विग होटलमा पनि न्यू इयर ईभ हुने भएको छ ।होटलमा नयाँ बर्षको अवसरमा काठमान्डौबाट गायक धर्मेन्द्र सेवाङ्ग सहित सुरज बानिया,अनिमा थापा लगयातले लाईभ म्यूजिकमा आफ्नो प्रस्तुति दिनेछन् ।

क्याफे ग्रिल टु चिल रेष्टुरेन्टमा अफरसहित सांगीतिक कार्यक्रम :

नयाँ वर्षको अवसरमा आज विराटनगर ७ मा रहेको क्याफे ग्रिल टु चिल रेष्टुरेन्टमा पनि लाईभ म्यूजिक हुने भएको छ । लाइभ म्यूजिक कार्यक्रममा स्थानिय ईयर ड्रम व्याण्डले लाईभ म्यूजिक गर्ने भएको छ । त्यसैगरी खानामा पनि विभिन्न आईटमा छुटको व्यावस्था गरेको रेष्टुरेन्टका संचालक संजय गुप्ताले जानकारी दिए ।

मण्डला रेस्टुरेन्टमा कन्सर्ट :

उता मुनालपथको मण्डला रेस्टुरेन्टमा पनि लाईभ म्यूजिक हुने रेष्टुरेण्टका संचालक रञ्जित रोक्काले जानकारी दिए । बिराटनगरका बिभिन्न गायकको प्रस्तुतिमा उक्त न्यु इयर इभ कन्सर्ट हुन लागेको रोकाले बताए ।

टेन एलाभेन रेष्टुरेण्टमा स्मृति व्याण्ड :

विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन रेष्टुरेण्टमा स्मृति व्याण्डले लाईभ म्युजिक गर्ने भएको छ । नेपाल मै चर्चा कमाएको स्मृति व्याण्डको प्रस्तुति हेर्न ग्राहकको भिड लाग्ने रेस्टुरेन्ट संचालक अमिश बरालले जनाए ।

बरगाछीको सर्कल रेस्टुरेन्टमा लाइभ म्युजिक साथै छुट :

बिराटनगरको बरगाछीस्थित सर्कल रेस्टुरेन्टमा आज साँझ लाइभ म्युजिक साथै खाना तथा पिय पदार्थमा बिशेष छुट दिईएको संचालक सौरब भट्टराईले जानकारी दिए ।

आमाज ब्याक्यार्डमा म्युजिकल शो :

बिराटनगर कै आमाज ब्याक्यार्ड लाउन्ज एण्ड बारमा नयाँ वर्षको अवसरमा म्युजिकल शो हुदै छ । स्थानीय ब्याण्डसहितको कार्यक्रम सहित न्यु इयर इभ मनाइने संचालकले जनाएका छन् ।

 

त्यसैगरी विराटनगरमा रहेका विभिन्न रेष्टुरेण्ट तथा होटलहरुमा कलाकारहरुको उपस्थितीमा लाईभ म्यूजिक हुदै छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्