झापामा दुई महिला सहित ४ जना ब्राउन सुगर सहित पक्राउ

झापामा दुई महिला सहित ४ जना ब्राउन सुगर सहित पक्राउ

विराटनगर, १६ पुस ।
झापामै गोदाम राखेर लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको पूर्वी नाका काँकडभिट्टाबाट भित्र्याइएको ब्राउन सुगरलाई झापामा भण्डार गरी नेपालका विभिन्न जिल्लामा ओसारपोसार गर्ने गिरोहमा आवद्ध दुई महिलासहित चारजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडमा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडा घर भई झापा दमक ६ मा डेरा बस्दै आएका संग्रामसिंह आङ्देम्बे (लिम्बु), ताप्लेजुङ थुम्बेदिन घर भई हाल अर्जुनधारा नगरपालिका १० झापामा डेरा गरी बस्ने भीमबहादुर अधिकारी, सोही स्थानकी ओममायाँ खतिवडा (अधिकारी) र कचनकवन गाउँपालिका २ की रेवतीमाया डाँगी रहेको प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए । उनका अनुसार लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट सूचना प्राप्त भएपछि झापा प्रहरीले अनुसन्धान गर्दा ३१ ग्राम ब्राउन सुगरसहित लिम्बूलाई बिर्तामोडबाट पक्राउ गरिएको हो ।
मे १० प ६३० नम्ंबरको बुलेट मोटरसाईकलमा सवार उनीको साथबाट प्रहरीले लागुऔषध तौलन प्रयोग गर्ने पकेट डिजिटल तराजु समेत बरामद गरेको एसपी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्