कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुल बिगत चार बर्षदेखि अलपत्र  

<span class='c1'>कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया</span> <span class='c2'>पुल बिगत चार बर्षदेखि अलपत्र  </span>

रबिन्द्र बराल
रंगेली , पुस १६
माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुल बिगत चार बर्ष देखि अलपत्र अबस्थामा रहेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हाल सम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे पछि स्थानीय लाई वर्षा याम मा आवत जावत मा समस्या रहेको छ ।

१० दिन १५ दिन काम गर्ने ठेक्केेेेदार आएता पनि उनिहरु कामै नगरी छाेडेर हिडने गरेको स्थानीय दुर्गा रेग्मीले बताए । हिउँदमा सर्वसाधारण हरुलाई आवत जावत गर्ने सहज भएता पनि वर्षा याममा दलेलि हुदै नहरकाे साधुराे बाटाे भएर ५ किलोमिटर टाढा बाट जानुपर्ने बाध्यता रहेको स्थानीय देव लाल ऋिषिदेव बताउँछन् ।

गेउरीया पुल नजिकै बस्दै आएकी धनमाया परियार ले भनिन वर्षा याम सुरु भए पछि स साना छाेरा छाेरी हरुलाई बिधालय पठाउन समेत समस्या हुने गरेकाे बताईन । वडा नम्बर २ का वडा अध्यक्ष सुशील वुढाथाेकीले भने आफुहरुले समेत उक्त पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा जानकारी समेत गरि सकेकाे तर अहिलेसम्म कसैले पनि चासाे नदेखिएको बताए । कन्ट्रकस्न का सराउद्घिनले भने आफुले कलकत्ताबाट प्राबिधिक ल्याई सकेकाे र साता दिन भित्र काम सुरु हुने समेत बताए । 


रंगेली देखि कानेपाेखरी हुलाकी सडक निर्माण कार्यमा सडकमा पर्ने अधिकान्स ठाउँमा कल्भट निर्माण भई सकेर सडकमा माटाे हाल्ने काम सुरु भई सकेत पनि गेउरीया पुल भने अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले साे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेकाेे छ । साे सडक खन्ड रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ ।


उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पान्न गरिने सम्झौता भएको हुनाले अहिले द्रुतगतिमा काम समेत भई रहेको र गेउरीया पुल निर्माण नहुदाँ ड्राइभेसनबाट ठुलाे गाडीमा संन्चालन गर्ने अत्यन्तै समस्या रहेको समेत बताए । माघ १५ गतेदेखि कालोपत्रे काे काम सुरु हुने प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पा ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्