विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ (हातपात र कुटपिटको यस्तो भिडियो)

विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ (हातपात र कुटपिटको यस्तो भिडियो)

प्रेम देवान/ओवी

विराटनगर,१६ पुस ।
वलात्कारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भईरहँदा विराटनगरमा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
सप्तरी राजविराज घर भएका २५ बर्षिय ज्ञानेन्द्र शरणलाई मोरङ प्रहरीले ईन्स्टिच्युटबाट नै सोमबार पक्राउ गरेकाे हाे ।  मोरङको जहदा गाँउपालिका घर भएकी किशोरीमाथि यौन दुर्ब्यवहारमा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
एडुमार्कमा पनि सामाजिक विषय नै पढाउदै आएका शिक्षकले ती छात्रालाई तिमी सामाजिक विषय कमजोर छौ मेरो घरमा आउ भन्दै साहले छात्रालाई बोलाएको आरोप छ । पीडित छात्राले आईतबार राती नै आफ्ना साथीहरुलाई आफू माथि भएको दुर्ब्यवहार बारे जानकारी गराएकी थिईन् । उनका साथीहरुले सोमबार बिहान शिक्षकलाई ईन्ष्टिच्युटमा नै कुटपिट गर्न थालेपछि असामान्य भएकाे थियाे ।  मोरङ प्रहरीले तत्काल शरणलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा लगेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले पक्राउ परेको शिक्षकमाथि आवश्यक छानविन भइरहेको बताए । ‘पीडत पक्षसँग बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले अहिलेसम्म उजुरी भने दिएका छैनन् ।’ पीडित पक्षबाट उजुरी दिए पछि मुद्धा चलाईने डिएसपी श्रेष्ठले बताए । उता विद्यार्थीमाथि यौन दुर्ब्यवहार गर्ने शिक्षकलाई ईन्ष्टिच्युटबाट सोमबारदेखी नै कामबाट हटाइएको एडुमार्कका संचालक दिपेन्द्र मेहताले जानकारी दिए । पक्राउ परेका शिक्षक ज्ञानेन्द्र शरणले अाफुलाई जवरजस्ती  फसाईएकाे बताएका छन् ।

सिभिल प्रहरीमाथि हातपात
एडुमार्क ईन्सिच्युटमा कार्यरत शिक्षक शरणलाई पक्राउ गर्न पुगेको एक सिविल प्रहरी माथि विद्यार्थीहरुले हातपात गरेका छन् । वडा प्रहरी कार्यलयबाट प्रहरी जवानमाथि आक्रोशित बिद्यार्थीहरुले आक्रमण गरेका हुन् । विद्यार्थीहरुले आफ्ना साथीमाथि यौन दुव्र्यहार गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै विद्यार्थीहरुले ती प्रहरी जवानमाथि हातपात गरेका थिए । विद्यार्थीहरुको आक्रोशित भिडले प्रहरी जवानलाई कुटपिट गर्दै लखेटेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भिडियाे रिपाेर्ट

https://www.facebook.com/ourbrt/videos/322316638493709/?eid=ARDRLutfEL_MYZ_6SNvvaHUMc-v8vwDyNN0mKKxUxaQsF6RmAnayDi7u_odE13ptokwT_4JTu5BjnPoC

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्