पुर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवकोलागि राष्ट्रपति विराटनगर आउने

पुर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवकोलागि राष्ट्रपति विराटनगर आउने

विराटनगर, १६ पुस ।
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ को तयारी थालेको छ। पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने कार्यक्रममा विश्वविद्यालय स्थापन एव्म संचालनमा सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम दीर्घसेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा.घनश्यामलाल दासले विश्वविद्यालयले अहिलेसम्म गरेका सकारात्मक काम र प्रगतीको बारेमा कार्यक्रममा जानकारी दिईने बताए । नेपाल सरकारले ८०५ विगाहा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाँउ परिसरको समग्र शैक्षिक एव्म प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको संचालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
आंगिक क्याम्पसहरुको विकास गर्दै लैजाने लक्ष्य राखी नौ वटा आंगिक क्याम्पसको विकास एव्म सम्बद्र्धनमा विश्वविद्यालय अग्रसर रहेको उपकुलपति दासले बताए । रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका कार्यक्रमहरु संचालन भइरहेको र १२१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्