तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा पोखरी सुक्न थाल्याे

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा पोखरी सुक्न थाल्याे

तेह्रथुम । संरक्षण अभावमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा पोखरी सुक्न थालेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक पोखरीको अस्तित्व संकटमा धकेलिएको हो । समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको गुफापोखरी पर्यटकको रोजाईमा पर्छ । नजिकै रहेको मेन्छायेम डाँडास्थित गुफाबाट नामाकरण गरिएको पोखरी पछिल्लो समय सुक्दै गएको छ । केही वर्ष यता नजिकका पाखामा हिउँ नपरेका कारण पोखरी सुक्दै गएको हो । पानी सुक्दै गएसँगै पोखरीको आकार पनि घट्दै गएको छ ।

मानव अतिक्रमणबाट जोगाउन तारबार गरिए पनि पानी सुक्दै जाँदा अगाडिको भागमा बालुवा देखिन थालेको छ । प्रदेश एककै महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेका कारण पोखरीको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

पानी यसरी नै सुक्दै जाँदा १० वर्षमा पोखरी मासिने बुढापाका बताउँछन् । स्थानीय सरकारले पानीको स्रोत पहिचान गरेर वा बैकल्पिक उपाय लगाएर भएपनि पोखरीको संरक्षण गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्