प्रधान सेनापति र १ नम्बर प्रदेश प्रमुख बिच भेटवार्ता, सुरक्षाकाे विषयमा छलफल

प्रधान सेनापति र १ नम्बर प्रदेश प्रमुख बिच भेटवार्ता, सुरक्षाकाे विषयमा छलफल

विराटनगर, १७ पुस ।
सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचनापछि प्रदेशको शान्ति सुरक्षालगायतका बिषयमा जिज्ञासा राखेका थिए । मुलुक संघीय संरचनामा गएपछि प्रधानसेनपतिले प्रदेश प्रमुखसँग भेटघाट गरेको यो पहिलो पटक हो ।
प्रदेश प्रमुख तुम्बाहाडले प्रदेश नम्बर १ को पर्यटन, ऊर्जा, युवा स्वरोजगार, प्राकृतिक प्रकोप, औद्योगीकरण, राष्ट्रिय सेवा दल र शान्ति सुरक्षामा नेपाली सेनाको भूमिका बारेमा जानकारी लिएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए ।
प्रधानसेनापति थापाले आर्थिक विकासमा सेनाको सहभागिता, नागरिक सैनिक सम्बन्धमा विस्तार, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सेनाले खेल्दै आएको भूमिका र प्राकृतिक प्रकोपको बेला सेनाले गर्ने सहयोगका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सडक सञ्जाल विस्तारका लागि प्रदेश सरकारले सहयोग मागेमा सहयोग गर्न सेना तयार रहेको प्रधानसेनापति थापाले प्रतिबद्धता व्यक्त गरे । (मकालु टेलिभिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्