प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश १ मा अभिनन्दन, दुई तिहाई जनता अधिकारबिहीन रहेकाे राउतकाे दावी

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश १ मा अभिनन्दन,  दुई तिहाई जनता अधिकारबिहीन रहेकाे राउतकाे दावी

विराटनगर, १७ पुस ।  संघीय समाजवादी फोरमले प्रदेश १ मा पार्टीका गतिविधिलाई गति दिन प्रदेश २ का मुख्य मन्त्रीलाई सक्रिय गराएको छ। पर्टीले सोमबार प्रदेश १ को मोरङमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा आमसभा गरेको छ। संघीयता ल्याउनमा मधेस आन्दोलन नै जग भएको चर्चा भइरहेका बेला प्रदेश १ मा गुमेको जनाधार फर्काउन प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई अतिथिको रुपमा ल्याइएको हो।

सोमबार संघीय समाजवादी फोरम नेपालले मोरङको निर्वाचन क्षेत्र २ को रतुवामाई नगरपालिकाको ४ स्थित क्षेत्रीय समितिले आयोजना गरेको आमसभामा मुख्यमन्त्री राउत सहभागी भएका हुन्। मुख्यमन्त्री राउतले समानता र समावेशीको सिद्धान्तमा अधिकार सम्पन बन्न फोरममा लाग्न सबैलाई आह्वान गरे।

उनले समग्र विकास भनेको नै तल्लो जात जातिलाई राज्यको मुलधारमा ल्याउनु भएकाले फोरम बाहेक कसैले ल्याउन नचाहेको बताए। यथास्थितिमा समाजमा रहेको विभेद अशिक्षा र असमानता अन्त्य नभएसम्म पहिचान र अधिकार स्थापित नहुने भएकाले सबैलाई फोरमा  लागेर आग्रह गरे। उनले  मुस्लिम, महिला  र दलितसहित अन्य समुदायको लागि ल्याएको योजना र ल्याउन लागेको नीतिका बारेमा बोलेका थिए।  पार्टी राष्ट्रिय उपाध्यक्ष रहेका राउतले दुई तिहाई जनता अधिकारबिहीन रहेकाले सबैले संगठित नभएसम्म पहिचान र अधिकार प्राप्त नहुने बताए। समाजका सबै समुदाय र तल्लो दर्जाको रुपमा मानिने दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकोे उनले बताए। साेही अवसरमा  संघीय समाजवादी फोरम नेपालको मोरङ जिल्लाका अध्यक्ष राजकुमार यादवले उनको नागरिक अभिनन्दन गरेका हुन्। अन्नपुर्ण पाेष्टमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्