सुनसरीमा प्रहरी प्रति नागरिकका गुनासा, सर्बसाधारणको उजुरी प्रहरीले गम्भीर रुपमा लिएन

सुनसरीमा प्रहरी प्रति नागरिकका गुनासा, सर्बसाधारणको उजुरी प्रहरीले गम्भीर रुपमा लिएन

ईटहरी, १७ पुस ।
इटहरीमा आयोजित प्रहरीसँगको नागरिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले विगतमा हुने गरेका कमीकमजोरी सच्याएर अघि बढ्न प्रहरीलाई सुझाव दिए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले विगतमा प्रहरीले सर्वसाधारणको उजुरीका विषय गम्भीरताका साथ नलिएको गुनासो गरेका हुन । सो समयमा प्रहरी प्रशासनले आफना समस्यालाई गम्भीरताका साथ नलिदा आफुहरुले दुख पाएको उनीहरुको आरोप रहेको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरीलाई जनताको पनि साथ चाहिने वताए । उनले शान्ति सुरक्षा कायम गर्ने सवालमा जनता पनि विना वर्दिका सुरक्षाकर्मी भएको भन्दै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न उनले सवैलाई आग्रह गरे । कार्यक्रममा सानिमा बैकले इलाका प्रहरी कार्यालयलाई ५४ इन्चको एलइडी डिस्प्ले उपलव्ध गराएको थियो । इटहरीका २० वटा वडा मध्ये ६ वटामा सामुदायिक प्रहरी गठन भई सकेका छन भने बाँकी १४ वटा वडामा पनि गठनको तयारी भई रहेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्