रेडक्रसद्धारा ईटहरीले दियो, विद्यार्थीलाई स्वीटर

<span class='c1'>रेडक्रसद्धारा ईटहरीले दियो,</span> <span class='c2'>विद्यार्थीलाई स्वीटर</span>

ईटहरी, १७ पुस ।
नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । जाडोको कारण पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले एक सय विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा बालबालिकाहरु प्रभावित हुने गरेको तर्फ मध्यनजर गर्दै विद्यालयमा स्वीटर वितरण गर्दै आएको रेड्क्रस इटहरीका सभापति विमल पौडेलले वताउनुभयो । विद्यालयमा अध्ययनरत ४ सय ३२ विद्यार्थीमध्ये आवश्यकताका आधारमा विद्यार्थीहरु छनौट गरी रेड्क्रसले एक सय जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोइसाइटी सुनसरीका मन्त्री मुकुल कायस्थ, विद्यालयका प्रधानाध्यपाक बासुदेव कर्णलगायतले विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको थियो । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्