विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

प्रेम देवान ।
विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्यानर र प्लेकार्ड बोकेर नेपाली टोपी दिवस मनाए । युवाहरुले विराटनगरको ट्राफिक चोकदेखी जलजला चोक हुँदै महानगरपालिकामा पुगेर लाखे नृत्य देखाएका थिए । नेपाली टोपी युवामा वेवस्था हुँदै गएको र टोपीलाई संरक्षण गर्न विराटनगरमा पनि टोपी दिवस मनाईएको युवा अभियान्ता सविन घिमिरेले बताए ।
यस्तै विराटनगर २ मा रहेको बुढानिलकण्ठ स्कुलले यस वर्षपनि नेपाली टोपी दिवस मनाएको छ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो नेपाली टोपी हाम्रो पहिचान हो भन्दै टोपी दिवस मनाएको हो ।
मंगलबार नेपाली टोपी लगाएर सामाजिक फेसबुक तथा ट्वीटर प्रयोगकर्ताले आफ्नो फोटो सार्बजनिक गरेका छन् । त्यस्तै नेमुवामा रहेको स्मृती स्कुलले टोपी दिवसको अवसरमा बालबालिका तथा शिक्षकहरुलाई टोपी लगाएर दिवस मनाएको छ । नेपाली पहिरन ढाकाटोपी नै भएको स्मरणमा टोपी दिवस मनाईएको बिद्यालयकी प्रधानाध्यापक रीता न्यौपानेले बताईन् ।
टाेपी ईतिहाँस
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएर आएको किम्वदन्ती छ ।
विशेषतः भाद्गाउँले, पाल्पाली र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

https://www.facebook.com/ourbrt/videos/240580613538377/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्