भाेजपुरमा सामुदायिक विद्यालयले विद्युतीय हाजिरी सुरु

<span class='c1'>भाेजपुरमा सामुदायिक विद्यालयले</span> <span class='c2'>विद्युतीय हाजिरी सुरु</span>

भोजपुर, १७ पुस । शैक्षिक गुणस्तर सुधार्न भन्दै यहाँका सामुदायिक विद्यालयले विद्युतीय हाजिरी (फिंगर प्रिन्ट) प्रणाली सुरु गरेका छन् । नियमित हाजिरी कायम गर्दै शिक्षकलाई शिक्षामा प्रतिवद्ध बनाउन भन्दै यस्तो प्रणाली सुरु गरेको बताइएको छ । विद्युतीय प्रणाली कायम गराएपछि शिक्षकहरु हाजिरी र नियमित कक्षामा संवेदनशील बन्ने अपेक्षा गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहमध्ये पहिलो पटक साल्पासिलिछो गाउँपालिकाले चौकी डाँडास्थित जालपा माविमा यस्तो प्रणाली सुरु गरेको हो । नयाँ कार्यक्रमको रुपमा अन्य सामुदायिक विद्यालयका शिक्षकलाई पनि यस्तो नियम लागू गराउने बताइएको छ ।

विद्युतीय हाजिरीमा शिक्षकहरुको फिंगर प्रिन्ट (हत्केलाको औँलाको स्क्यान) गरिएपछि शिक्षकहरु नियमित विद्यालयमा आउने, नआउने, विद्यालय बाहिर, विद्यालयको समयावधिभित्रै प्रवेश, विदामा उपस्थित, पठनपाठनको बीचैमा गयल जस्ता विभिन्न क्रियाकलापबारे तथ्यांक रहने छ । जालपा माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद आचार्यका अनुसार उनको स्कुलको शैक्षिक गुणस्तर पछिल्लो केही वर्षयता घट्दै गएको थियो । शिक्षक सेवा पास गरी आए पनि शिक्षकहरु पठनपाठनमा उदाशिन हुँदा स्तरक खस्केको आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्