साथीको हत्या गरेर विदेश यात्रा, १७ वर्षपछि पक्राउ

<span class='c1'>साथीको हत्या गरेर विदेश</span> <span class='c2'>यात्रा, १७ वर्षपछि पक्राउ</span>

काठमाडौँ , १७ पुस । आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ । सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जितेन्द्र श्रेष्ठलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो ।

उनले २०५८ सालमा पेप्सीकोलामा साथी विष्णु घिमिरेलाई फलामले हानेर ज्यान लिएका थिए । विवादका क्रममा जितेन्द्रका अन्य चारजना साथीले घिमिरेलाई ढुंगाले हानेर लखेटेका थिए । त्यसपछि जितेन्द्रले पेप्सीकोलातर्फको विमानस्थल तारघेरा नजिकै फलामले हानेर घिमिरेको हत्या गरेका थिए । साथीको ज्यान लिएपछि फरार भएका जितेन्द्रले नाम फेरेर विदेश यात्रा पनि गरेका थिए । उनले जितेन्द्रबाट ज्ञानेन्द्र नाम बनाइ केही वर्ष वैदेशिक रोजगारीमा बसेको पनि खुलेको सिआईबीका एसपी उपमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

साथीको हत्या गरेको लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसकेपछि उनले राजधानीको न्यूरोडमा ब्यापार पनि गरिरहेका खुलेको एसपी उप्रेतीले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतवारै महानगरीय प्रहरी वृत्त बाानेश्वरमा बुझाइएको छ । श्रेष्ठले अपराध स्वीकार गरिसकेको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्